काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं. ५ ढलमलेस्थित बनेपा पनौती सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार बेलुका सडकमा हिडिरहेको रामहरि देउजालाई मोटरसाईकलले ठक्कर दिदाँ मृत्यु भएको हो ।
रोशी गाउँपालिका वडा नंं १० घर भएका जगतमान थिङले चलाएको मोटरसाइकल पनौतिबाट बनेपातर्फ आउने क्रममा ठक्कर दिंदा पैदल यात्री पनौति नगरपालिका वडा नं. ५ ढलमलेका ५० बर्षिय देउजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूच्ना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
मोटरसाईकलको ठक्करले घाईते भएका देउजाको उपचारको क्रममा नागरिक अस्पतालमा मृत्यु भएको गिरिले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

comments