काभ्रे । जिल्लाको धुलिखेलमा २२ औं भुकम्प सुरक्षा दिवस(२०७६ को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काभ्रे र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जनता अहिले पुरानै घरमा बसोबास गरेकोले सुरक्षित आवासको जरुरत भएको बताएका छन् । ‘हामीले आफुले बनाएको संरचनाबाट सुरक्षित छौं कि छैनौ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरेका छौं ।’ प्रमुख केसीले भने, ‘अहिले पनि पुरानै घरमा बस्छन् जनता । सुरक्षित आवास निर्माणको लागि म सबैलाई आव्हान गर्न चाहन्छु ।’

भूकम्प पछि सुरक्षित आवास निर्माणको लागि सरकारले नीति बना एको बताउँदै आवास निर्माणमा केही सहयोग पुगोस भनेर सरकारले ३ लाख रुपैयाँ नगद सहयोग गरेको स्पष्ट पारे । ‘जनताको पिडालाई नदोहोरियोस भनेर नीति बनायो तर दुःख दियो भनेर जनताले गुनासो गरेको पाइन्छ ।’ उनले भने, ‘अहिले ३ लाखको एउटा मात्र कोठा घर बनाएको च । बाख्रा पालन गरेको छ । यो देखेर दुःख लागेको छ ।’

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगर उपप्रमुख विमला शर्माले माटो जाँच गरेर मात्र घर निर्माण गर्नुपर्नेमा जोड दिए । ‘घर निर्माण गर्दा हामीले माटो परिक्षण गर्दैनौं । कुन स्थानमा भुकम्पको जोखिममा छौ बुझ्नुपर्छ ।’ उपप्रमुख शर्माले भने, ‘सुरक्षित आबास कसरी निर्माण गर्ने सोच्नुपर्छ ।’ शर्माले जनता अझै पनि त्रिपलमा बस्न बाध्य भएको बताइन् ।

कार्यक्रमलाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी श्रावनकुमार तिमल्सिनाले भुकम्पबाट क्षति न्यूनिकरणको लागि सरकारले ल्याएको भवन संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । ‘भुकम्पबाट क्षति न्युनिकरणको लागि हामी सबै लागौ ।’ तिमल्सिनाले भने, ‘नेपाल सरकारले ल्याएको भवन संहिता छ । त्यसको अक्षरंश पालना गरौ । आफु खुशी घर बनाउनु हुन्न ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, जिल्ला ट्राफिक कार्यालय, काभ्रेका प्रमुख लगायतका उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















