काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कन्युनिस्ट पार्टी (विप्लब समूह)ले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्ध आन्दोलनको घोषणा गरेको छ । विप्लब समूहले व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने घोषणा गरिउको हो ।
माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्ने जनाएको छ ।
बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ ।
यस्तै नेकपाले जनसङ्घर्ष अन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने रहेको छ ।
यस्तो छ नेकपाको १५ दिने कार्यक्रम
माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने
माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने
माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
देशव्यापी जनसङ्घर्षका कार्यक्रम
माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन
माघ १६ गते सहिद दिवस मनाउने
मघ १८ गते महँगीविरुद्ध प्रदर्शन
माघ २० गते खुला साँस्कृतिक कार्यक्रम
माघ २५ गते देशव्यापी अन्तरक्रिया
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।