काठमाडौं । काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित त्रिशुली नदीमा हामफालेका छन् ।
बिहिवार साँझ भएको सो घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी ९लामिछाने० को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् ।
माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालकसहित दम्पत्तिले नदीमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएको छ ।
नदीमा हाम फाले लगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेको थियो । स्थानीय र्याफ्टिङ गर्ने समुह लिई प्रहरीले बिनयलाई जीवित उद्धार गर्न सफल भएपनि जमुनाको भने मृत्यु भइसकेपछि शव फेला पारेकोे छ ।
घटनामा २ वर्षीय र ६ महिने बालक बेपत्ता छन् । नाबालकलाई जीवितै उद्धार गर्न सकिने सम्भावना सकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार, उद्धार गरिएका अन्दाजी ३८ वर्षीय श्रीमान बिनयलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
मकवानपुरका चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















