तेमाल । तेमाल गाउँपालिकाको आयोजनामा आज (शुक्रबार) देखि हुने भनिएको अध्यक्ष कप अन्तरवडा फुटवल प्रतियोगिता स्थगित भएको छ । खराब मौसमका कारण खेल स्थगित भएको खेलकुद संयोजक तथा प्रवक्ता ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् ।
साथै गाउँपालिकाको तर्फबाट औपचारिक उद्घाटन कार्यक्रम र खेल कार्यक्रम स्थगित गरिएको सूचना समेत जारी गरिएको छ ।
यस्तो छ सूचनाः
औपचारिक उद्घाटन कार्यक्रम र खेल कार्यक्रम स्थगित गरिएको सूचना
यस तेमाल गाउँपालिकाको आयोजनामा आज मिति २०७६ माघ ३ गते देखि हुने भनिएको अध्यक्षकप अन्तर वडा फुटवल प्रतियोतिाको आज तय गरिएको औपचारिक उद्घाटन कार्यक्रम र आजै हुने भनिएको तालिका अनुसारको सम्पूर्ण खेल कार्यक्रम अविरल वर्षाको कारण अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।
अध्यक्ष कप फुटवल आयोजक तथा व्यवस्थापन समितिको बैठक बसी अर्को तालिाका छिट्टै प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराईन्छ । आजको खेल कार्यक्रम स्थगनको कारणले यहाँहरु प्रति पर्न गएको असुविधाको लागि आयोजक समिित क्षमाप्रार्थी छ ।
थप जाकारीका लागिः श्री ज्ञानबहादुर तामाङ, संयोजक, आयोजक समिति तथा प्रवक्ता तेमाल गाउँपालिका) ९८४१४७२७२६
श्री बसन्त बहादुर केसी, सदस्य सचिव आयोजक समिति तथा अधिकृत शिक्षा युवा तथा खेलकुल शाखा, ९८८०४०२८४७

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।