हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडास्थित एक घरमा छापा मार्दा लागुऔषध गाँजासहित ७ जना युवाहरुलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा– ९ शान्तिटोलको एक घरमा हिजो शुक्रबार साढे पाँच छापा मारेको थियो । सुरेश त्रिपाठीको खाली घरमा शंकास्पद अवस्थामा मानिस बसेको देखेपछि प्रहरीले छापा मारेको हो ।
प्रहरीले उक्त घरभित्र लागूऔषध प्रयोग गर्दैगरेका ५ जना युवक र २ जना किशोरीलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट लागूऔषध गाँजालगायतका सामग्रीहरु सहित पक्राउ अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरी प्रवक्ता ललनकु प्रसाद कुर्मीले जानकारी दिए ।
हेटौंडा–१० बस्ने २० वर्षीय संगित रायमाझी, १८ वर्षीया दिक्षा भट्टाचार्य, १८ वर्षीया निशा कुशवार, हेटौंडा–४ बस्ने २६ वर्षीय सन्दिप न्यौपाने, हेटौंडा–९ बस्ने २५ वर्षीय विश्व जंग रायमाझी, हेटौंडा–५ बस्ने १८ वर्षीय अभिषेक ठकुरी, हेटौंडा–१ बस्ने २५ वर्षीय निखिल लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट गाँजा ५ सय ७० ग्राम, गाँजाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चिमनी १ थान, माटोको चिमनी १ थान, लाईटर १ थान, मुर्ती जस्तो देखिने चिमनी १ थान तथा ना ५३ प २७३४ नम्बरको स्कुटर र ना २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















