भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर २ महांकालचोक स्थित दुवाकोटमा मोटरसाईकल खम्बामा ठोकेर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बा ८६ प ४८७१ नम्वरको मोटरसाईकल दुर्घट्ना हुँदा सिन्धुली जिल्ला घर भई दुवाकोटमा बस्दै आएका गणेश बयलकोटीको मृत्यु भएको हो ।
प्रहरी प्रभाव दुवाकोटका प्रमुख रमेश राईका अनुसार अत्यधिक गतिमा आएको मोटरसाईकल खम्वामा ठोकिँदा दुर्घटना भएको थियो ।
२० बर्षिय बयलकोटीलाई दुर्घटना पछि दुवाकोट स्थित केएसी अस्पतालमा पुञ्याएकोमा अस्पतालले उनलाई मृत घोषण गरेको प्रमुख राईले बताएका छन् । बयलकोटी ईटा उद्योगमा जेसिवीमा हेल्परको काम गर्दै आएका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको राईले जानकारी दिए ।

Comments

comments