प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई मन नपरेको प्रधान्मन्त्रीको सम्बोधन यस्तो थियो (पूर्ण पाठ सहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको शुभकामना दिएका छन् । शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल–सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा भएको बताएका छन् ।
प्रधानमन्त्रीले ओलीले सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारले उक्त समुदायको परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।