धुलिखेल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ५ स्थित ३७ किलोमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक मण्डनदेउपुर नगरपालिका वडा नं ७ का प्रदिप श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएस्पी दिपक गिरिका अनुसार पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको बा ४ ख ११४५ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएको थियो । ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको डिएस्पी गिरीले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।
दुर्घट्नामा मोटरसाईकलमा सवार रामेछापका समर मगर गम्भीर घाइते भएका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















