धुलिखेल । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ९ जाईटोलमा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार शनिबार घर नजिकै रहेको पानीको खाल्डोमा खेल्दै जाँदा २२ महिनाकी कृष्टिना तामाङ डुबेर मृत्यु भएकी हुन् ।
पानीमा डुबेको अवस्थामा फेला परेकी कृष्टिनालाई उपचारका लागि बनेपा स्थित शीर मेमोरियल अस्पतालमा ल्याइएको थियो । प्रहरीका अनुसार उपचारकै क्रममा बालिकाको मृत्यु भएको हो ।
घरभन्दा करिब ३ सय मिटर पर रहेको जागेश्वरी इट्टा भट्टाको लागि ट्वाईलेट बनाउन खनिएको खाल्डोमा जमेको पानीमा बालिका डुबेकी थिइन । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।