पाँचखाल । काभ्रे जिल्लाको पाँचखालमा रहेको समाजकल्याण प्राविमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आज (शनिवार) पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघको आयोजनामा सम्पन्न भएको शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । १२ औं स्वास्थ्य शिविरको उद्घाटन पाकिस्तानी राजदुत डा. मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका अध्यक्ष हिमालयन शम्सेर राणाले सयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका अध्यक्ष हिमालयन शम्सेर राणा लगायतको उपस्थिति रहेको थियो ।
पाकिस्तानबाट अध्ययन गरेर फर्किएका ८ डाक्टरहरुवाट बाहिरंग स्वास्थ्य परिक्षण गरिएको नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका महासचिव मञ्जुरत्न शाक्यले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।