भकूण्डेवेशी । राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवस अबसरमा भकूण्डेवेशी शाखाले बालबालिकालाई स्टेश्नरी वितरण गरेको छ ।
नमोबुद्ध–७ स्थित जनहित माध्यमिक विद्यालयका ६० जनालाई स्टेश्नरी वितरण गरेको शाखा प्रवन्धक सुजन ढकालले जानकारी दिए । वडाअध्यक्ष धर्मसिं तामाङ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले हस्तान्तरण गरेका थिए ।
बार्षिकोत्सवकै अवसरमा आयोजित कार्यक्रममा शाखा मार्फत उत्कृष्ट कारोबार गर्ने ४ जनालाई सम्मान गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















