भकुण्डे । वागमती प्रदेशका सांसद रत्न ढकालले उत्पीडित समुदायलाई अधिकार दिंदा नभड्किने बरु थप एकताबद्ध हुने बताएका छन् । आज (शनिबार) लामा सेवा समाज, नमोबुद्ध–७ रजबम पोखरीको आयोजनामा भएको सोनाम ल्होछार कार्यक्रमलाई भकुण्डेमा सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
‘खस आर्यहरु पनि हिजो उत्पीडनमा थिए । आदिवासी जनजातिहरुको अधिकारको कुरा गर्दै गर्दा धेरैले निधार खुम्च्याउने गर्थे ।’ ढकालले भने, ‘हामीले उत्पीडित वर्ग र जातिको मुक्तिका लागि लड्यौं, हामीले भन्दै आयौं कि अधिकार दिँदा भड्किदै बरु थप एकताबद्ध हुन्छ ।’
संघीय व्यवस्था आएपछि मुलुकमा विभेदको अन्त्य भएको ढकालले स्पष्ट पारे । ‘हिलो हिन्दु धर्मलाई मात्र राज्यले संरक्षण र राज्यको धर्मको रुपमा लिन्थे । आजसंघिय व्यबस्थामा आएपछि सबै धर्मलाई सम्मान गर्ने संविधान आएको छ । सबैलाई सम्मान गरेको छ ।’ उनले भने, ‘संविधानले बिभेद गरेको छैन । स्थानीय सरकारले पर्वहरु मनाउने गरेको छ बिदा दिने गरेको छ ।’
अब समृद्धि र विकासको कुरा गर्न उनले सबैलाई अनुरोध गरे । ‘हामीले समृद्धि र बिकासको कुरा गरेका छौं ।’ उनले भने, ‘तीनै तहको सरकार समृद्धि र विकासका लागि व्यबस्थित तरिकाले लागेका छन् । परिणाम आउन बाँकी छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।