रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका अध्यक्ष डिबी लामा मोक्तानले रोशी सरकार समावेशी उद्देश्यले अगाडि बढेको बताएका छन् । शनिबार रोशीको चारसय बेसीमा आयोजित गाउँपालिका स्तरीय बृहत तीनदिने सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले सबैलाई समान रुपले हेरेको प्रष्ट पारे ।  ‘जनप्रतिनिधि भई स्थानीय सरकारका रुपमा काम शुरु गरे लगत्तै स्थानीय सरकारले ल्होछार, माघे संक्रान्ति, जनै पूर्णिमा जस्ता महत्वपूर्ण चाडपर्वहरुलाई प्राथमिकतामा राखेको छ ।’ मोक्तानले भने, ‘हामी सबै जात र धर्मको रक्षा गर्छाै । प्रर्वद्धन गर्छाै र प्राथकिता दिन्छौं ।’ रोशी सरकार समावेशी उदेश्यले अगाडी बढेको सरकार भएकाले सबैलाई समान रुपले हेर्ने गरेका छौं ।’
उत्समय भएको तामाङ समुदायले मनाउने ल्होछार पर्वमा ब्रम्हाणहरुको खैजेडी भजन समेत प्रस्तुत गरिएको थियो । लामा नाच, झाँक्री नाचसँग सँगै खैचडी नाचले समावेशीताको झल्को दिएको थियो भने ल्होछार सबैको पर्व हो भन्ने सन्देश दिएको थियो ।
कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्ताैला, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, समाजसेवी शंखबुद्ध लामा, नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामा, नेताहरु रत्न लामा, कुन्साङ लामा, मिमबहादुर वाईवा ‘ज्वाला’, वडा अध्यक्षहरु मिलन लामा, श्रीदास लामा, तिर्थबहादुुर लामा, पोष्टबहादुर गौतम, निकासजित लामा, क्लवका अध्यक्ष अतित मोक्तान, सदस्य फुर्साङ्ग दोर्जे लामा लगायतले ल्होछार पर्वको महत्व र संस्कृतिका बारेमा आफ्नो मन्तव्य राख्दै शुभकामना दिएका थिए ।
रोशी गाउँपालिकाले ल्होछारको अवसरमा हरेक वर्ष तीन दिन सार्वजनिक विदा दिदै आएको छ । ल्होछार पर्वको अवसरमा ३ दिन सार्वजनिक विदा दिने रोशी गाउँपालिका नेपालकै पहिलो गाउँपालिका हुन् ।

Comments

comments