धुलिखेल । वागमती प्रदेशका सांसद चन्द्र लामा र धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जले सडक शिलान्या गरेका छन् । सांसद लामा र नगर प्रमुख व्याञ्जुले काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा सडक शिलान्यास गरिएको हो ।
ग्वार्को–लाकुरीभञ्ज्याङ–पनौती–दाहालटार–शंखु–एक्लेखेत–पिपलटार–चौकीडाँडा सडकको शंखु खण्डमा निर्माण हुन लागेको सडकको शिलान्या गरिएका थिए ।
प्रदेश सरकारको ३ करोड आर्थिक सहयोगमा सडक निर्माण हुनेछ । दाहालटार देखि एक्लेखेतसम्म ६ सय मिटर सडक पिच हुनेछ । सडक ११ मिटर चौडाईको बन्नेछ । ठेकेदार मार्फत निर्माण हुने सडक यसै आर्थिक वर्षभित्र पुरा हुने धुलिखेल नगरपालिकाले जनाइएको छ ।

Comments

comments