तेमाल जात्रालाई सम्मान गर्दै टिकट प्रकाशन गर्न लागेका छौं’ –मन्त्री बाँस्कोटा
काभ्रे । शहरी विकास मन्त्री गोकुल बास्कोटाले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न जिम्मेवारी प्राप्त निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् । आयोजनाका लागि एशियाली विकास बैकसँग भएको सम्झौता सकिए पछि आयोजना सम्पन्न गर्न जिम्मेवार पाएका कम्पनीलाई उक्त अल्टिमेटम दिएका हुन् ।
एशियाली विकास बैकसँग भएको सम्झौता सकिए पछि नेपाल सरकारले आवश्यक कार्य पुरा गर्ने गरी आयोजनालाई थप रकम दिने गरी जिम्मेवारी लिएको छ ।
‘२०७६ चैत पहिलो हप्ता भित्र देवीस्थान क्षेत्रीय रिजर्भायर टैंकमा पानी खसाल्ने र अन्य बा“की काम २०७७ जेठ १५ गते भित्र सम्पन्न गर्नुपर्नेछ ।’ मन्त्री बाँस्कोटाले भने, ‘एशियाली विकास बैंकस“ग भएको सम्झौताको म्याद सकिए पछि आवश्यक पर्ने बजेट ३० करोड नेपाल सरकारको श्रोतवाट व्यहोरिने गरी २०७६ फागुन १५ गते भित्र रकम निकासा गर्ने छ ।’
मन्त्री बास्कोटाको उपस्थितीमा सम्पन्न तीनवटा नगरपालिकाका प्रमुख, सम्वन्धित मन्त्रालयका विभागिय पदाधिकारीहरु सम्मिलित बैठकले उक्त आयोजना सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरी कार्यान्वयन शुरु गरेको काभ्रे उपत्यका खानेपानी ब्यवस्थापन वोर्डका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले बताए ।
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना लगायत मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गत बुटवल, विराटनगर, बीरगन्ज र धरान नगरपालिकाहरुमा समेत आयोजना संचालन गर्न नेपाल सरकार र एशियाली विकास बैंकबीच भएको सम्झौताको २०१९ डिसेम्बर ३१ मा सकिएको थियो ।
२०७७ जेठको दोस्रो हप्ता भित्र काम सम्पन्न गरी असार मसान्त भित्रवाट घर घरमा खानेपानी पु¥याउन बनेपा, धुलिखेल र पनौती नगरपािलका दृढतापूर्वक क्रियाशलि रहेको बोर्डका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । ‘सयममै खानेपानी आपूर्ति हुनेमा ढुक्क हुन आम जनसमुदायलाई तीन वटै नगरका तर्फबाट विश्वस्त तुल्याउन चाहन्छौं । उनले भने, ‘काभ्रे उपत्यका खानेपानी आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न विगतका समयमा राजनैतिक दल, स्थानीय सरोकारवाला एवं आम जनसमुदायवाट प्राप्त सहयोग र सद्भावमा कुनै कमि नभई निरन्तर प्राप्त भईरहनेमा आशा एवं विश्वास लिएका छौं ।’
आयोजना सम्पन्न गर्न बिछ्याई सकेका पाइपलाइनहरुवाट वा“की केही पाइप लाईनहरुमा पानी परीक्षण गर्ने, ट्रष्ट ब्लक÷इन्टरकनेक्सन, पानी प्रशोधन केन्द्र तथा रिजभ्र्वायर ट्यांकहरु परीक्षण, सडक विभाग र नगरपालिकाहरुवाट वाटो निर्माण, विस्तारको क्रममा विगारिएका र क्षति पु¥याएका पाइपलाइनहरु मर्मत र सिंचाईका केही बा“की काम रहेको उनले बताए ।
काभ्रे जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रका करिव एक लाख नागरिकलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलव्ध गराउने उद्देश्यले नेपाल सरकार, एशियाली विकास बैंक र बनेपा–धुलिखेल–पनौती नगरपालिकाहरुको संयुक्त लागत सहभागितामा राष्ट्रिय प्राथमिकता प्राप्त काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना २०१३ जुन १२ देखि संचालनमा आएको थियो ।
आयोजनावाट खानेपानीका इन्टेकहरु, रिजभ्र्वायर टैंकहरु, मुख्य प्रशारण पाइपलाइन र वितरण पाइललाइन विछ्याउने लगायतका ९७ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी संचालित आयोजनाको क्षेत्र विस्तार गर्नु परेको र समय समयमा देखा परेको स्थानीय सामाजिक समस्याहरु निराकरण गर्दै जा“दा समयमै सम्पन्न गर्न ढिलाई भएको बताईएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।