चौरीदेउराली । कृषिलाई आधुनिकरण गर्ने उद्देश्यले काभ्रेको चौरीदेउराली गाउँपालिका वडा न. ५ का कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । । सोमबार गाउँपालिका अध्यक्ष दिननाथ गौतमले एक कार्यक्रमका बीच कृषकलाई कृषि औजार वितरण गरिएको हो ।
चौरीदेउराली गाउँपालिका वडा न ५ ले वितरण उक्त कृषि औजार वितरण गरिएको थियो । वितरण कार्यक्रममा कृषकहरुलाई ३० वटा मिनि टिलर, ७ वटा मिश्रित कुटानी पिसानी मिल, ३० वटा मौरी घार र ५ वटा प्लास्टिक पोखरी वितरण गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गौतमले आर्थिक समृद्धिको एउटा महत्वपूर्ण आधार कृषि भएको चर्चा गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । ‘हामी अब कृषिमा यान्त्रीकरणका साथसाथै आधुनिकीकरणमा लागेका छौं । कृषि समृद्धिको महत्वपूर्ण आधार हुन् ।’ गौतमले भने, ‘अब हामी व्यवसायीकरण तिर लाग्छौं । सबै किसानलाई कृषि व्यवसायी बनाउनेछौं ।’
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतम लगातयका उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















