काठमाडौं । देशका पहाडी भूभागमा शनिबारको मौसम आशिंक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छः
माघ १८ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना छ।
रातिः पहाडी तथा हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका एक(दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १९ गते (आइतबार)
दिउँसोः पुर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ।
माघ २० गते (सोमबार)
दिउँसोः पुर्वी तथा मध्य नेपालका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।