काभ्रे । काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा सडक पूर्वाधार विकास कार्यक्रम योजना अन्तर्गत १० करोड रुपैयाँ बजटे परेको छ । काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज)को सिफारिसमा उक्त बजेट परेको हो ।
सांसद बमध्वजको सिपफारिमा बजेट प्राप्त गरेको सडकहरुमा राङजाखोला–बनखु–घर्तीछाप–गोकुले–जगथाली–तालढुंगा–मिल्चे सडक २ करोड, बोहोरेदोवन–खहरेखोला–गोठपानी–कात्तिके देउराली–मादनकुँडारी सडक २ करोड, बोहोरेदोवन–ठूलोपर्सेल–तित्रेटार–माम्दी सडक २ करोड, पनौती–खोपासी–तालढुंगा सडक २ करोड, भकुण्डेबेसी–अमर निवास सडक १ करोड, पनौती–नमोबुद्ध–शंखेश्वरी सडक १ करोड रहेको छ ।
चालु आर्थिक वर्षमै काम सम्पन्न हुने गरि यो बजेट आएको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।