धुलिखेल । काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ९, ज्याम्दीका सौरब पराजुली मृत अवस्थामा फेला परेको छ । हिजो (शनिबार) विहान ९ बजे खेल्न जान्छु भनि हिंडेका १६ वर्षिय सौरब आज (आईतबार) मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएको छ ।
खेल्न जान्छु भनि घरबाट निस्केका आफ्नो छोरा सौरब सम्पर्कमा नआएपछि बुबा कृष्ण प्रसाद पराजुलीले प्रहरीलाई खोजतलासको लागि अनुरोध गरेका थिए । प्रहरीका अनुसार खोजतलास गर्दै जाने क्रममा भुम्लु गाउँपालिका वडा नं. ९, इन्द्रावती खोलामा डुबी मृत अवस्थामा फेला पारेको थियो ।
घटना स्थल तथा लाश जाँच प्रकृति मुचुल्का पश्चात पोष्टमार्टमको लागी शिर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।