काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह)का केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रहरीले पुनः गिरफ्तार गरेको छ । आज लामा र अर्का केन्द्रीय सदस्य नबिन विक सहित ४ जनालाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
उच्च अदालत पाटनको आदेशमा आइतबार रिहा भए लगत्तै माइला, नविन, अनेम संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यय र इश्वर दमाईलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको थियो ।
बम बिस्फोटको मुद्दामा थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । तर उनिहरू बिरुद्ध प्रहरीमा अर्को मुद्धा रहेको भन्दै अदालत परिसरबाटै उनीहरूलाई पुनः गिरफ्तार गरिएको थियो ।

ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालय नख्खुमा फागुन १० गते भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै लामासहित उनीहरूलाई पुर्पक्षमा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै रिहा गर्न आदेश दिएको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।