काभ्रे । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेढा वर्ष भित्रमा काभे्र जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय बिद्युत लाइन जडान गरिने बताएका छन् । आज (मंगलबार) रोशी गाउँपालिका वडा न ८ खार्पाचोकमा टोल सुधार समितिद्वारा आयोजना गरिएको २८५६ औँ सोनाम ल्होछारको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उक्त कुरा बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले खार्पाचोकका स्थानीयले काठको पोल फेर्नुपर्ने र ट्रान्सफर्मर सानो वाटको गुनासो गरेपछि स्थानीयको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘काभ्रे जिल्लाका सबै स्थानीय तहमा डेढ बष भित्रमा केन्द्रीय बिद्युत लाइन जडान गरि सक्नेछौं ।’ घिसिङले भने, ‘तपाईंहरुले काठको पोल फेर्नुपर्ने र ट्रान्सफर्मर सानो वाटको गुनासो गर्नुभएको छ तपाईंहरुको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा उनले स्थानीयलाई बिद्युतीय चुलो प्रयोगमा ल्याउन आग्रह समेत गरेका छन् । ‘बिद्युतीय चुलो प्रयोगले स्वास्थ्य, मूल्य र समयको समेत बचत हुन्छ । ग्यास चुलो भन्दा बिद्युतीय चुलो हरेक हिसाबले सस्तो सहित सुलभ समेत हुन्छ । आजैबाट प्रायोग गर्नुहोस् ।’
कुलमानलाई खार्पाचोकमा भव्य स्वागत
खार्पाचोकमा घिसिङ र घिसिङ की श्रीमति दीपालाई स्थानीयले भव्य स्वागत गरेका छन् । घिसिङलाई जेष्ठ नागरीकहरुद्वारा सम्मान पत्र सहित सम्मान गरेका थिए । त्यसैगरि कार्यक्रममा स्नातकोत्तर पुरा गरेका खार्पाचोक युवा क्लवका अध्यक्ष लाल बहादुर घिसिङ र उषा घिसिङलाई घिसिङले सम्मान गरेका थिए ।

टोल सुधार समितिका अध्यक्ष विजय घिसिङको सभापतित्वमा सम्पन्न कार्यक्रमका अतिथिहरुमा खार्पाचोक स्वास्थ्य चौकीका इन्चार्ज मोहन पौडेल, खार्पाचोक युवा क्लवका अध्यक्ष लाल बहादुर घिसिङ, नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ, इन्द्रोदय आधारभुत विधालयका प्रधानाध्यापक ग्याल्छेन लामा लगायतका रहेका थिए ।

समितिका सचिब निर बहादुर घिसिङले स्वागत गरेको कार्यक्रमको सञ्चालन रञ्जित तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।