रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डिबी मोक्तानले आफूलाई काँग्रेसको रुपमा भन्दा पनि जनताको प्रतिनिधिको रुपमा हेर्न अनुरोध गरेका छन् । आज (बुधबार) वडा नं. १० को पक्की भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष मोक्तानले उक्त कुरा बताएका हुन् ।
भवन ३० लाख रकममा सम्पन्न हुने उक्त भवन साढें २ तल्लाको १० कोठे पक्की बन्न लागेको हो ।
पक्की भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तनले आफुहरु जनताको प्रतिनिधि भएको कारण जनताका दैनिक समस्यामा सधै साथमा रहेको बताएका छन् । ‘जनताको समस्या समाधानकै लागि वाल्टिङ्गमा पक्कि भवन बन्न लागेको हो । रोशी गाउँपालिकामा १२ वटा वडा रहेका मध्ये वाल्टिङ्गले पहिलो चोटी बनाउन लागेको भवन चाडैं बन्नेमा म बिश्वस्त छु ।’ उनले बिपक्षि प्रति लक्षित गर्दै भने, ‘काममा अवरोध सिर्जना नगर्नुस् सक्नु हुन्छ सहयोग गर्नुस् सक्नुहुन्न अवरोध गर्ने काम नगर्नुस् ।’ केही वडाहरुमा नचाँहिदो बिकासका काममा बिरोध सिर्जना गरेको बताउँदै सबै मिलेर आफ्नो गाउँ बनाउन लागि पर्नुपर्ने धारण उनको थियो । गाउँपालिका प्रमुख पद जनताले दिएको भन्दै आफु जनताकै सेवकको रुपमा रहेको बताएका थिए । ‘म काँग्रेसको टिकट पाएर निर्बाचित भएको गाउँपालिका प्रमुख हुँ ।’ उनले भने, ‘तपाईहरुले काँग्रेसको रुपमा भन्दा पनि समग्र जनताको प्रतिनिधीको रुपमा हेर्न आग्रह गर्दछु ।’
अहिलेको समय भनेको विकास र समृद्धी रहेको भन्दै समग्र रोशीको विकास र समृद्धीको लागि आफुले कुनै पनि कसर बाँकि नराख्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले संघियताको कार्यन्वयन सँगसँगै रोशी क्षेत्रको प्रशासनिक कामका बारेमा आफुहरु सधैं लागि परेको बताएका थिए । ‘रोशी क्षेत्रको बजेटमा बिबिध क्षेत्रलाई सम्बोधन गरिएको छ । महिला बालबालिकाका, शिक्षा र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस कारण पनि रोशीको समग्र पक्षको विकास एकमुष्ट रुपमा अगाडी बढेकोमा खुसी छु ।’ उनले भने, ‘रोशीका जनप्रतिनिधिको सहयोग, रोशी बासीको सहयोगकै कारण कामहरु समयमा सम्पन्न भएको छ ।’

कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक धर्मजंग थिङले रोशी क्षेत्रका आपराधिक क्रियाकलापको निर्मुल पार्न आफुहरु लागि परेको बताए । त्यस काममा रोशी गाउँपालिका र बिभिन्न वडाहरुले सहयोग गरेको प्रति धन्यवाद् ज्ञापन गरेका थिए । रोशी क्षेत्रमा शान्ति र अमनचयन कायम गर्न रोशी बासी जनताले नै प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।
रोशी गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुधराज तामाङले विगतमा बिभिन्न समस्याका बाबजुद प्रसासनिक कामहरु गरिदैं आएकोमा पक्कि भवन बन्ने निश्चित भएपछि जनताहरुमा खुसियाली छाएको बताएका थिए । उनले जनताका आधारभुत आबश्यकता परिपुर्तीमा आफु सधैंभरी लागिपरेको बताएका थिए ।
कार्यक्रममा पत्रकार सरोज सापकोटाले समग्र रोशीको समृद्धीका लागि संचार माध्यमले गर्नुपर्ने योगदान गर्नमा आफुहरु तयार रहेको बताउँदै समग्र पक्षको विकासमा सबैजना लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा सदस्य बलबहादुर स्याङतानले पक्कि भबन बने पश्चात वडा कार्यालय मार्फत प्रबाह हुने बिभिन्न कामहरु प्रभाबकारी र चुस्तदुरुस्त रुपमा हुनेका बिश्वस्त रहेको बताए ।
त्यसैगरि नेकपाका प्रतिनिधी हरिकुमार सापकोटाले जननिर्वाचित प्रतिनीधीहरुलाई जनताको सेवामा कटिबद्ध भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक बिद्यालयका प्रअ रामचन्द्र घिमिरे, श्री बुद्धि बिनोद प्राबिका प्रअ कृष्णबहादुर काल्तान, श्री महाभारत प्राविका प्रअ प्रबलराज सापकोटा, श्री सरस्वती प्राबिका प्रअ दिपेन्द्र यस्माली, वाल्टिङ्ग स्वास्थ्य चौकी इन्चार्ज मथुरा बस्नेत, नेपाली काँग्रेसका सेमन्तराज सापकोटा, नेकपाका यूँ कुमार श्रेष्ठ, बुढाखानी गाबिसका पूर्व गाबिस अध्यक्ष दुर्गाबहादुर योञ्जन, वाल्टिङ्गका पूर्व गाबिस अध्यक्ष मिनबहादुर रेग्मी, कृष्णप्रसाद सापकोटा, महिला स्वास्थ्य स्वयम् सेबिकाहरु कमला सापकोटा, रेणुका सापकोटा, जानुका लुङ्गेली, मुना हुमागाईं लगायत वाल्टिङ्गका शैक्षिक व्यक्तित्वहरु साथै नेपाल स्वास्थ्य विज्ञान संस्थान जोरपाटी बाट जनस्वास्थ्य बिषय अध्ययनरत बिद्यार्थीहरु र वाल्टिङ्ग बासिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।