नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ
बनेपा । चोरीमा संलाग्न भएको दुई जनालाई इलाका प्रहरी कार्यालय, बनेपाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को सुदिप गौतम र बनेपा नगरपालिका वडा नं.६ बस्ने बर्ष २२ को दिपेश घिमिरे रहेका छन् ।
घिमिरे र गौतमले चोरिएका समानहरु
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार गन पुष २४ गते बेलुका अन्दाजी १८ः३० बजेको समयमा बनेपा न.पा. वडा नं.५ बस्ने बर्ष २६ की प्रविणा तामाङको डेराकोठाको ढोकाको चावी तोडी उनीहरुले चोरी गरेका थिए । प्रहरीका अनुसार उक्त कोठामा रहेको सुनको सिक्री आधातोला अन्दाजी मुल्य रु.३८ हजार पर्ने थान १, एसर कम्पनिको ल्यापटप अन्दाजी मुल्य रु.६० हजार पर्ने थान १, सामसुङ कम्पनिको मोबाईल थान १ चोरी गरेका थिए ।
त्यसैगरि घिमिरे र गौतमल .पनौती नगरपालिका वडा नं.७ पनौती बसपार्क नजिक रहेको जि.टी.रेष्ट्रो एण्ड लजबाट संजिप सिह ठकुरीको उक्त जलको कोठामा रहेको डेल कम्पनीको ल्यापटप अन्दाजी मुल्य रु.६० हजार पर्ने थान १ समेत चोरी गरी लगेको जनाएको छ ।
खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेकोमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
फेला पारेको मोवाईल हस्तान्तरण
हराएको मोवाईल फेला पारेर प्रहरीले सम्बन्धित मोवाईल धनीलाई हस्तान्तरण गरेको इलाका प्रहरी कार्यालय, बनेपाले जानकारी दिएको छ । बनेपा न.पा. बस्ने दिपक कायस्थ र कबिता मानन्धरले हराएको मोबाईल खोजतलास गरी पाउंँ भनि इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका थिए । हराएको मोवाईल फेला पारी मंगलबार कायस्थ र मानन्धरलाई हस्तान्तरण गरिएको हो ।
फेला पारिएको मोवाईल हस्तान्तरण गर्दै प्रहरी
फेला पारिएको मोवाईल हस्तान्तरण गर्दै प्रहरी
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।