काभ्रे । नेपाल कम्युनिष्ट पार्टी काभ्रेका जिल्ला नेता हरिदेव गिरीको गए राती काठमाडौैको बानेश्वरमा हत्या गरिएको आशंका गरिएको छ
उहाँको टाउकको, खुट्टा लगायतका विभिन्न शरिरका अंकमा चोट देखिनु, प्रहरी बिनै घटनास्थलबाट गिरीलाई लैजानु लगायतका कृयाकलापले आशंका बढाएको बताइन्छ।
नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका ५१ वर्षीय गिरी रेष्टुरेन्टमा मृत अवस्थामा भेटिएका थिए ।
गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको तथा देब्रे खुट्टा भाँचिएको अवस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले जानकारी दिएका छन । रेष्टुरेन्ट संचालक लगायतका व्यक्तिको घटनामा संलग्नता रहेको दावी गर्दै रेष्टुरेष्टको सीसी क्यामरा फुटेज समेत मेटाएको पाइएको बताएका छन् ।
मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन । उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी जाहेरी दिइ घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग समेत गरेका छन ।
महानगरीय प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान सुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताएका छन ।
नेता गिरीले काभ्रे नयाँ गाउँमा रहेको आफ्नो बाजेका जग्गामा बसेका किसानहरुको निशुल्क फिर्ता गरेको थिए ।
मन्ञी बाँस्कोटाबाट कम्युनिष्ट झण्डा ओडाएर श्रर्दाञ्जली अर्पण
मृतक गिरीको आजै शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाट पुग्नु भएका सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
गिरीको अनत्येष्टीमा मन्त्री गोकुल प्रासाद बाँस्कोटा लगायले गिरीप्रति कम्युनिष्ट पार्टीको झण्डा ओडाएर श्रदाञ्जली अर्पण गर्नुभयो । अन्तयेष्टीमा नेकपा काभ्रेका सचिव टोक बहादुर वाइवा, सभासद्हरु ,नेता कार्यकर्ता लगायतको ठुलो जनसमुदायले एक मिनेट मौनधारण गरी श्रदाञ्जली अर्पण गरेको थियो ।
घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको पत्रकार समाजका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















