काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ दोलालघाटको बन्देउमा भ्युटावर सहितको बुद्धपार्कको शिलान्यास भएको छ । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले आइतबार एक कार्यक्रमका बीच उक्त भ्यूटावर सहितको बुद्धपार्कको शिलन्यास गरेका हुन् ।
बागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालको पहलमा प्रदेश सरकारको २ करोड २४ लाख लागतमा पार्क निर्माण हुनेछ । निर्माणको जिम्मा लिएका निर्माण कम्पनी ब्राईट राज जेविले पार्कको निर्माण जेठ अन्तिम सम्ममा सम्पन्न हुने बताइएको छ ।
शिलान्यास गर्दै मन्त्री नेपालले प्रदेश सरकारले पर्यटन क्षेत्रहरुको बिकास सँगै बिभिन्न क्षेत्रहरुमा काम गरिरहेको बताए । बागमती सरकारले धार्मिक, एतिहासिक, नयाँ नयाँ पर्यटनको सम्भावना भएका स्थानहरुमा बिभिन्न बिकासको पुर्वधारहरु निर्माणमा जोड् दिएको समेत प्रष्ट पारे ।
त्यसैगरि प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार दोलालघाटको पर्यटन क्षेत्रमा बिकास गर्नको लागि पार्क सहितको बुद्धको मुर्ति निर्माणको योजना बनेको बताए । निर्माण कार्य शुरु भएकोले यस कार्यमा सबैले मिलेर सहयोग गरेर समयमा नै निर्माण सम्पन्न गर्न लाग्नुपर्ने बताए । पार्क निर्माणसँगै संरक्षण गर्न तर्फ पनि यहाँको स्थानियहरुले जोड्दिनुपर्ने सांसद लम्सालले जोड् दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धब केसिले जिल्लाको पर्यटकिय क्षेत्र भुम्लुको दोलालघाटमा पर्यटक लोभ्याउने पार्क सहित बुद्धको मुर्ति निर्माणबाट ठुलो सहयोग हुने बताए ।
कार्यक्रमको सभापति भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले प्रदेश सरकारको सहयोगमा दोलालघाटको बन्देउमा बुद्धको मुर्ति सहितको पार्क निर्माणबाट भुम्लुको मुहर फेर्ने बताए ।
‘हामीले प्रदेश, संघ सरकारसँग मिलेर गाउँपालिकाको बिकास निर्माणसँगै समृद्धिको लागि काम गरिरहेका छौं ।’ अध्यक्ष कुवर भने, ‘पार्कमा पिकनिक स्पोट, बुद्धको मुर्ति, सबै तिर अवलोकन गर्न सकिने भ्युटावार, बिश्राम गर्ने स्थालहरु, तीन स्थानमा शौचालय समेत निर्माण हुने छ ।’
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठ, लगायत बिभिन्न वडाका वडा अध्यक्षहरु, नेपाल पत्रकार महासघं काभ्रे अध्यक्ष मोतिराम तिमल्सिना, दुलालेश्वार क्लबका अध्यक्ष अष्ट श्रेष्ठ, उद्योग बाणिज्य संघ दोलालघाटको अध्यक्ष सुरेश कक्षपति लगायत पर्यटनसँग सम्बन्धित बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















