काठमाण्डौ, बौद्ध झ्यारुङ खस्योर छ्योर्तेन रिन्पोछेको प्राङ्गणमा ल्होसारको अवसर पारेर ३ दिन सम्म डोल्मा ह्युल्दोग (२१ तारादेवी) को पुजा कार्यक्रम हुने भएको छ ।

प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा विश्व शान्ति तथा समस्त जगत प्राणीहरुको कल्याण, हितको निमित्त र हामी मानवमा आईपर्ने रोगब्याधी तथा बिघ्न बाधा, अड्चनहरुबाट मुक्ति हुने, सोचेको कार्य पुरा हुने, साथै ब्यापार ब्यवसाय राम्रो हुने भएकोले सेचेन गुम्बाका टुल्कु ग्यूर्मे कुन्साङ र सस्थाका प्रमुख लामा गुरु ङक्पा पेमा ह्रङ्डोलको उपस्थितिमा डोल्मो ह्युल्दोग (२१ तारादेवी) को पुजा कार्यक्रम हुन लागिएको हो ।

डोल्मा ह्युल्दोग पुजा कार्यmमकाृ सुचना
डोल्मा ह्युल्दोग पुजा कार्यक्रमको सुचना

उक्त पुजा कार्यक्रमका लागि सस्थाका वरिष्ठ सल्लाहकार एवं समाज सेवी विर बहादुर गोलेको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत गठन गरेका छन् ।  ब्यवस्थपानमा सस्थाका अध्यक्ष राजन कुमार तामाङ (सोनाम), प्रचार–प्रसारमा महासचिव रोज बहादुर तामाङ (च्याङवा), आर्थिकमा कोषध्यक्ष राजु लामा, सोयम् सेवाकमा उपाध्यक्ष खेल बहादुर लामा र लामा ब्यवस्थापनमा सोनाम गोले रहेका छन् ।

ल्होसारको अवर पारेर यहि फागुण ८, ९ र १० गते ३ दिन सम्म बौद्ध झ्यारुङ खस्योर छ्योर्तेन रिन्पोछेको प्राङ्गणमा सेचेन गुम्बाका टुल्कु ग्यूर्मे कुन्साङज्यू, सस्थाका प्रमुख लामा गुरु ङक्पा पेमा ह्रङ्डोल र सस्थाकै विभिन्न लामाहरुको सम–उपस्थितमा डोल्मा ह्युल्दोग (२१ तारादेवी) को पुजा हुन गईरहेको हुदा उक्त पुजा कार्यक्रममा उपस्थित हुनु भइ पुण्य लाभ लिनुहुन सस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्वा) ले सम्पुर्ण उपासाक–उपासिकाहरुमा हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

ङक् बुम दोर्जे गोठप र कोरोना भाइरस जस्ता महामारी (देश्यना) बाट रोक्ने उपाय बारे । यो भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=yUDfocPQCJU&t=366s 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।