धुलिखेल । काभ्रे जिल्लाका १३ वटै स्थानीय तहहरुका अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार स्थानीय तहहरुको अर्धवार्षिक समिक्षा गरेको हो ।
कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले आफुहरु नीति, कार्यक्रम र बजेट भन्दा बाहिर नरहेको बताएका छन् ।
६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका जिम्मेवार पदाधिरी सहभागि समीक्षा बैठकले आफुहरु विकास निर्माणको सहि गतिमै रहेको समिक्षा गरेका थिए । समीक्षा बैठकमा अधिकांश नगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागि थिए । त्यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहभागि रहेका थिए ।
समिक्षा बैठकमा १३ वटै पालिकाले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्ष्भित्र छुट्याइएको बजेट, योजना र हालसम्म हासिल भएका उलब्धी समेटिएको प्रतिवेदन सुनेपछि आफु निकै हौसिएको जिसस प्रमुख उद्धव केसीले बताए । ‘जिल्लाका कुनै पनि पालिका विकास निर्माणको लिगबाट बाहिर जानुभएको मैले पाइन ।’ प्रमुख केसीले भने ‘धेरै पालिकामा यो वर्षको भर्खर काम सुरु हुदैँछ छन्, यो अर्धबार्षिक हो, एक वर्षको समीक्षामा हामीले धेरै प्रगति गरेका हुनेछौँ ।’
बैठकमा नगरसभा र गाउँसभाले पारित गरेका नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सन्दर्भमा पनि ब्यापक बहस भएको थियो । सभाले पारित गरेको योजना कार्यान्वयनलाई प्रतिशतमा उल्लेख गर्दै स्थानीय तहले जिसस प्रमुख समक्ष प्रगतिको चाङ प्रस्तुत गरे । तर जननिर्वाचित प्रतिनिधि स्थानीय तहमा आएको तीन वर्ष बित्नै लाग्दा समेत आम नागरिकको दैनिकीमा परिवर्तन आउने गरी काम भने स्थानीय सरकारहरुले गर्न सकेका छैनन् । ‘विकास निर्माणको क्षेत्रमा अहिले नै नगरपालिका र गाउँपालिका मध्ये कुन चाँहि अघि बढे भनेर तुलना गर्ने बेला भइसकेको छैन, जिसस प्रमुख केसीले भने ‘उहाँहरु एउटा लामो दौडमा निस्कनु भएको छ, त्यो दौड पार गर्ने बेला अहिले तुलना गरिएको भन्दा फरक नतिजा आउँछ, त्यसैले अहिले नै बेला भएको छैन ।’
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)को समेत उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















