काभ्रे । जिल्लाको बनेपा नगरपालिकामा रहेको काभ्रेकै उत्कृष्ट विद्यालय बेलर इन्टरनेशनल एकेडमीको नवनिर्मित भवन उद्घाटन तथा खेलकुद सप्ताहको सुभारम्भ भएको छ । उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले बिद्यालयमा शिक्षासँगसँगै ‘हाम्रो राष्ट्र नेपालको इतिहास, भाषा, भेषभुषा, संस्कृति’को बारेमा ज्ञान दिन आवश्यक रहेको बताउँदै स्वदेशमा नै रोजगारी लगायतका अवसर रहेकाले विदेशमा नजान बिद्यार्थीलाई आग्रह गरे । थापाले नेपाली सेनामा अवकास भएका भुतपूर्व सैनिकहरुलाई बैदेशिक रोजगारमा नजाउन भन्नका लागि स्वरोजगारका कार्यक्रम दिदैँ आएको बताउँदै तीन हजार भन्दा बढी परिवारलाई रोजगार दिएको बताए ।

उक्त अवसरमा बेलर इन्टरनेशनल एकेडेमीलाई अन्तर्राष्ट्रिय आईएसो प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । शिक्षाको गुणस्तरीयता अन्तर्राष्ट्रिय स्तरको भएको भन्दै उक्त एकेडेमीलाई आईएसो प्रमाणपत्र दिइएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल विद्यालयले गुणस्तरीय शिक्षासँगै ब्यवहारीक, नैतिकवान, अनुशासित बालबालिकाहरुको उत्पादन गर्दै अतिरिक्त कृयाकलापबाट विद्यार्थीहरुमा भएको बहुआयामिक प्रतिभाहरुको प्रस्फुटन गराईरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई शिक्षाको गुणस्तरले मात्रै सम्बोधन गर्ने भएकाले बेलर स्कुलको भूमिका सह्रनिय रहेको बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका प्रवन्ध निर्देशक पवनकुमार थापा, प्रिन्सिपल इन्दु थापाले मन्तव्य राखेका थिए ।
साताब्यापी खेलुकद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल लगायत विभिन्न विधाहरु समावेश गरिएको प्रिन्सिपल थापाले जानकारी दिईन् ।

यसैबीच विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग र्पुयाउने रामकुमार बस्नेत, श्याम मुनाल, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष सहकुल थापा, खेलाडी राम श्रेष्ठ, शिक्षक शिक्षिकाहरु लक्ष्मी थापा, रवि भट्टराई, विजय सिं मुस्याजु, अनिषा बैद्य, पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयले किड्स क्यास्टल, उच्च मावी, दिपिका क्याम्पस संचालन गरी १ हजार ९ सय विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।