पोखरा । म्हेन्दो माया समाज पोखराले सोनाम ल्होछारको अवसमार बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समाजले पोखरामा आउँदो शनिबार बृहत साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना फागुण १७ गते गरेको आयोजक मुल समारोहका संयोजक अनुप जिम्बा तामाङले जानकारी दिए ।
आउदो फागुण १७ गते शनिबार बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लागिएको म्हेन्दो माया समाज पोखराका विशेष सल्लाहकार तथा आयोजक मुल समारोह संयोजक अनुप जिम्ब तामाङले जानकारी दिए ।
कार्यक्रम ‘सोनाम ल्होछारको प्रबर्द्धन, हाम्रो साँस्कृतिक एकताको नारा, गण्डकी प्रदेशको स्थापना, हाम्रो राजनीतिक अभिभारा’ भन्ने मुल नारासहित कस्की जिल्लाको सिमपनि कस्केरीस्थित खेलमैदानमा आयोजना गर्न लागिएको जिम्बाले बताए । ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा झण्डै एक दर्जन ख्यातिप्राप्त म्हेन्दोमाया कलाकारको बेजोड प्रस्तुति हुने उनले जानकारी दिए ।
तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६ औं सोनाम ल्होछारको अवसरमा म्हेन्दो माया समाज कास्की पोखराले आयोजना गर्न लागिरहेको बृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि पोखराबशी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवि, बुद्धिजीवी, सामाजिक अभियान्ता र पत्रकारलाई उपस्थिति हुन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रम विहान ११ बजे शुरु हुने आयोजकले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।