चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका घोषणा गर्ने भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनयुद्ध युद्ध शुरु गरेको दिन फागुण १ गते साक्षर गाउँपालिका घोषणा गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार चौंरीदेउराली गाउँपालिकामा १५ देखी ६० वर्ष उमेरका ९६.८३ प्रतिशत जनसंख्या साक्षर भएकोले घोषणा गर्न लागेको हो । घोषणा कार्यक्रममा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथि रहने अध्यक्ष गौतमले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण शिक्षक बुध्दिजिवी, विद्यार्थी, कर्मचारी, युवा, आमजनसमुदाय लगायत विभिन्न पेशा ब्यवसाय गरि शहर बजारमा रहेका सबैलाई सहभागीताको लागि गौतमले अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा चौंरीदेउराली गाउँपालिका भित्र रहेका भूपू शिक्षकहरुलाई सम्मा गरिने समते उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















