अञ्जली तामाङ
धुलिखेल । कोरोना भाईरसको चर्चा चलिरहेको बेला धुलिखेल सामुदायिक अस्पतालले कोरोना भाईरसको उपचारका लागी उपचार कक्ष स्थापना गरेको जानकारी दिएको छ । अस्पतालमै पत्रककार सम्मेलन गरि कक्ष स्थापना गरिएका जानकारी दिएको हो ।
चीनमा कोरना भाईरसको महामारी भएपछि नेपालमा पनि संक्रमित हुने संभावना रहेकोले उपचार कक्ष सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण फैलन नदिन भन्दै काभ्रे जिल्लामै पहिलो पटक भाईरसको उपचारका लागी कक्ष स्थापना भएको अस्पतालका कार्यकारी निर्देशक डा. रमेश माकजुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

माकाजुका अनुसार अस्पतालले चीनमा २ हप्ता वा सो भन्दा बढि समय बिताई नेपाल आउनेहरुका लागि र चीनका पर्यटकहरुका लागी ८ वटा वेडको व्यवस्था गरेको छ । नजीकै रहेको सिन्धुपाल्चोकको तातेपानी नाका हुँदै आउने पर्यटकहरुलाई विषेश ध्यानमा राखिने बताउँदै माकाजुले हालसम्म कुनै पनि संक्रमित अस्पतालको सम्पर्कमा नआएको जानकारी दिए ।
अस्पतालले हेल्थ डेस्क स्थापना गरी रुघा, खोकी, उच्च ज्वरो आएका विरामीलाई बढि निगरानीमा राख्ने गरेको पनि अस्पताल उनले बताए ।
कोरना भाइरसको संक्रमण विश्वका २५ भन्दा बढी देशमा फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म ४२ हजार भन्दा बढी प्रभावित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।