काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ साल फागुण १ गतेका दिन जनयुद्ध संखघोष गरेको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएको छ । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् ।
पार्टी एकीकरणलगत्तै सो पार्टीले उक्त दिनलाई जनयुद्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।
कार्यक्रममा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने कार्यक्रम रहेको । जनयुद्ध दिवस धुम्बाराहीमा मनाउने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा जनयुद्ध तथा जनआन्दोलन दिवस मनाउने, पार्टीको सचिवालय बैठक बोलाउने र एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















