महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा दोस्रो महाभारत गाउँपालिका अध्यक्ष कप प्रतियोगिता हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र अध्यक्ष कप प्रतियोगिता एकै साथ गर्न लागेको हो । प्रतियोगिता भोलि फागुन १ गतेदेखि ३ गतेसम्म हुने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिएका छन् ।
प्रतियोगितामा ११ वटा खेल रहेको अध्यक्ष जिम्बाले तेमाल अनलाइनलाई जानकारी दिए । उक्त प्रतियोतिामा पुरुष भलिवल, महिला कपडी, लङजम्प, हाइजम्प महिला पुरुष, २ सय र ३ सय मिटर दौड महिला र पुरुष आदि खेल हुने जिम्बाले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार नगद रकम पुरस्करको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता रविम मोक्तानले जानकारी दिए ।
कार्यक्रममा उत्कृष शिक्षक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यालय छनौट गरि पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















