पनौती । काभ्रेको पनौती नगरपालिका वडा नं ७ का वडा सदस्य पुरुषोतम कर्मार्चायले सुत्केरी महिलालाई नगद आर्थिक रकम दिएर प्रोत्साहन सहित सम्मान गरेका छन् । वडा सदस्य कर्माचार्यले पनौतिमा एक महिना अघि स्थापना गरेको बर्थिङ सेन्टरमा पहिलो पटक बच्चा जन्माउने महिलालाई ५ हजार ५ सय ५५ रुपैया प्रोत्साहन सहित सम्मान गरेका हुन् ।
बर्थिङ सेन्टर र प्रयोगशाला संचालनमा ल्याएको केहि महिना अघि मात्र सार्वजानिक कार्यक्रममा वडा सदस्य कर्माचार्यले प्रोत्साहन सहित सम्मान गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार पनौतिको मुख्य बजारमा वडा सदस्य कर्मार्चायले गरेका प्रतिवद्धता पुरा गरेका हुन् ।
बुधबार बार्थिङ सेन्टरमा पनौती नगरपालिकाको प्रमुख भिम न्यौपाने, पनौती नगरपालिका स्वस्थ्य प्रमुख पुरुषोतम तिमल्सिना सहतिको उपस्थितिमा वडा सदस्य कर्मार्चायले पहिलो पटक सुत्केरी गरईएका खानिखोला गाउँपालिका वडा नं ७ मिल्चेका सुस्मिता रुम्बालाई नगद रुपैया सहित तोरीको तेल दुई लिटर बितरण गरिएको थियो ।
बितरण कार्यक्रममा नेपाल सरकारबाट नियामित गर्भचेकजाँच गरिएबापत २८ सय रुपैयाँ र नगरपालिकाको तर्फबाट थप १ हजार सुत्केरी भत्तासमेत नगर प्रमुख न्यौपानेले रुम्बालाई हस्तान्तरण गरेका थिए ।
नगरले संचालनमा ल्याएको बार्थिङ सेन्टरमा नियामित चेकजाँच गरेर सुत्केरी गराउन सफल भएकोमा खुशी व्यक्त गर्दै न्यौपानेल स्वस्थ्य क्षेत्रमा निकैनै लगानी गरेर नगरले अवश्यकताको अधारमा काम गरिरहेको बताए ।
महिलाहरुको स्वास्थ्यमा सुरक्षित र उनिहरुलाई नियामित गर्भ चेकजाँचमा जोड् दिनको लागि प्रोत्साहन स्वारुप रकम दिने घोषणा गरिए अनुसार बुधबार पहिलो महिला सुस्मिता रुम्बालाई रकम हस्तान्तरण गरिएको वडा सदस्य कर्माचार्यले बताए । ‘मैले केहि महिना अघि गरेका बाचा अनुसार रकम बितरण गर्न सकियो अब दोस्रो र तेस्रो सुरक्षित सुत्केरी गराउने महिलालाई समेत बितरण गरिने छु ।’ वडा सदस्य कर्मार्चायले भने, ‘हामीले यो समाजमा रहेर केहि न केहि गरौ र गर्नु पर्छ भन्ने उद्देश्यले नै आमा र बच्चाको स्वास्थ्यमा धेरै नै सुधार गर्नको लागि सहयोग भन्दा पनि स्वास्थ्य क्षेत्रहरुमा सबैको पाँहुच पु¥याउनको लागि मैले यस्तो घोषणा गरिएको हुँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।