काभ्रे । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले चौंरीदेउरालीको एकघर एकधारा कार्यक्रम प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । चौंरीदेउरालीलाई साक्षर गाउँपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।
आपूmले यहाँका समस्यालाई नजिकबाट हेरेको बताउँदै सांसद बमध्वजले खानेपानीको योजनाहरु चौंरीदेउरालीमा धेरै रहेको बताए । ‘चौंरीदेउराली गाउँपालिकाको प्रमुख मुद्दा एक घर एक धारा हो । यो योजनामा मेरो पूर्ण सहयोग रहेकोछ । पूरा नहुन्जेल यो सपना साकार पार्न लागिपर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’ उनले भने, ‘पाथिभरा लिफ्टिङ योजनाबृहत खानेपानी योजना, मादन कँुडारी खानेपानी योजना अगाडि बढीरहेको छ । अब यो गाउँपालिका खानेपानी अभाव मुक्त हुँदैछ ।’
त्यसैगरि चौंरीगाउँपालिकामा मध्य पहाडी लोकमार्ग र कोलाती ढाडखर्क चौंरी सडक दुवै एकैचोटी पिच हुन लागेको बताए ।
जनयुद्धको स्मरण ताजै छ
कार्यक्रममा सांसद बमध्वजले जनयुद्ध दिवसको चर्चा समेत गरे । जनयुद्धको जगबाट मात्र आजको ठाउँमा आईपुगेको उनले चर्चा गरे । ‘आज जनयुद्ध घोषणा गरेको दिन, ऐतिहासिक दिन हो । यस गाउँपालिकाबाट मात्र ३१ जना सहिद र ६ जना बेपत्ता हुनुभएका छन् ।’ उनले भने, ‘जनयुद्धको जगबाट हामी यहाँ आइपुगेको छौ ।’ यो परिवर्तन चानचुने हिसाबले नआएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।