अञ्जली तामाङ
धुलिखेल । काभ्रे जिल्लालाई आगामी फागुन ७ गतेका दिन साक्षर घोषणा गर्ने भएको छ । शुक्रबार साक्षरता अभियान जिल्ला समन्वय समिति, काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
साक्षरता अभियान जिल्ला समन्वय समिति, काभ्रेका संयोजक उद्धव केसीका अनुसार फागुण ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा साक्षर काभ्रे जिल्ला घोषणा गर्न लागिएका छ ।
संयुक्त राष्टसंघको विश्वव्यापी अभ्यास अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सनिश्चित भएकाले काभ्रे जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको साक्षरता अभियान जिल्ला समन्वय समिति, काभ्रेका संयोजक उद्धव केसीले जानकारी दिए । संयोजक केसीका अनुसार ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्य काभ्रे जिल्लामा ३ लाख ६० हजार ५ सय ६० जना साक्षर भएका छन् । साक्षर प्रतिशत ९६.४८ प्रतिशत रहेको छ । १३ हजार १ सय ६८ जना अर्थात ३.५२ प्रतिशत भने अझै निराक्षर रहेको केसीले जानकारी दिए ।
काभ्रेको १३ वटै स्थानीय तहमा साक्षर पालिका घोषणा भइसकेको उनले जानकारी दिए । ‘काभ्रे जिल्लाको १३ वटै स्थानीय तहहरुको साक्षरता घोषणा सकिएको छ ।’ संयोजक केसीले भने, ‘सबै स्थानीय तहले साक्षर हुन छुट निराक्षर जनसंख्यालाई आगमी दिनमा साक्षर गराउने प्रतिबद्धता जाहेर गरेका छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार हामीले साक्षर जिल्ला घोषणा गर्न लागेका हौं ।’
साक्षर जिल्ला घोषणा गर्ने क्रममा काभ्रे जिल्ला ५२ स्थानमा पर्ने भएको छ ।
कुन स्थानीय तहमा साक्षतरता अवस्था कस्तो छ ?
मण्डन देउपुर नगरपालिकालाई ०७५ साल पुष १३ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ३२ हजार ५ सय ६० रहेकोमा साक्षर जनसंख्या ३१ हजार २१ अर्थात ९५.२७ प्रतिशत रहेको छ ।
खानीखोला गाउँपालिकामा २०७५ साल माघ २१ गते साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १४ हजार ३ सय ९८ जनसंख्या रहेकोमा १३ हजार ९ सय २४ अर्थात ९६.७१ प्रतिशत साक्षर रहेको छ ।
धुलिखेल नगरपालिकामा २०७५ फागुन ५ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरमा ३२ हजार १ सय ६२ जनसंख्या रहेकोमा ३१ हजार ५ सय ४१ अर्थात ९८.०७ प्रतिशत साक्षर रहेको छ ।
बनेपा नगरपालिकामा २०७५ साल चैत्र १४ गतेका दिन साक्षर नगर घोषणा गरिएको थियो । यस नगरमा ५५ हजार ५ सय ६ जनसंख्या रहेकोमा ५३ हजार ८ सय ९३ जना अर्थात ९७.०९ प्रतिशत साक्षर रहेको छ ।
तेमाल गाउँपालिकामा २०७६ साल भदौ २२ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा २२ हजार ७ सय १२ जनसंख्या रहेकोमा २१ हजार ७ सय ९७ अर्थात ९५.९७ प्रतिशत साक्षर रहेको छ ।
भुम्लु गाउँपालिकामा २०७६ साल मंसिर १३ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १८ हजार ६ सय ६२ जनसंख्या रहेकोमा १७ हजार ७ सय ३९ अर्थात ९५.०६ प्रतिशत साक्षर रहेको छ ।
पनौती नगरपालिकामा २०७६ साल मंसिर २० गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ४५ हजार ५ सय ७७ जनसंख्या रहेकोमा ४३ हजार ३ सय २० अर्थात ९५.०५ प्रतिशत साक्षर रहेका छन् ।
बेथानचोक गाउँपालिकामा २०७६ साल पुष २५ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १६ हजार ७ सय ७७ जनसंख्यारहेकोमा १६ हजार ७४ अर्थात ९५.८१ प्रतिशत साक्षर रहेको छ ।
महाभारत गाउँपालिकामा २०७६ साल माघ ६ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १८ हजार २ सय ८३ जनसंख्या रहेकोमा १७ हजार ९ सय १४ अर्थात ९७.९८ प्रतिश साक्षर रहेको छ ।
नमोबुद्ध नगरपालिकामा २०७६ साल माघ १२ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा २९ हजार ५ सय १९ जनसंख्या रहेकोमा २८ हजार ४ सय ५६ अर्थात ९६.४० प्रतिशत साक्षर रहेको छ ।
पाँचखाल नगरपालिकामा २०७६ साल माघ १३ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ३७ हजार ९ सय ९७ जनसंख्या रहेकोमा ३६ हजार २ सय ६१ अर्थात ९५.४३ प्रतिशत साक्षर रहेको छ ।
रोशी गाउँपालिकामा २०७६ साल माघ २८ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा २८ हजार ७ सय ४६ जनसंख्या रहेकोमा २८ हजार ४ सय ५२ जना अर्थात ९८.९८ प्रतिशत साक्षर रहेको छ ।
चौंरीदेउराली गाउँपालिकामा २०७६ साल फागुण १ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा २० हजार ८ सय २९ जनसंख्या रहेकोमा २० हजार १ सय ६८ अर्थात ९६.८३ प्रतिशत शिक्षित रहेको छ ।
यो पनि
अध्यक्ष गौतमको प्रस्तावमा मन्त्री पोखरेलद्वारा चौंरीदेउराली साक्षर गापा घोषणा
रोशी अब साक्षर गाउँपालिका
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















