धुलिखेल । वागमती प्रदेशले रोशी गाउँपालिका वडा नं. ९, पिन्थली देखि महाभारत गाउँपालिकाको गोकुलेसम्मको सडकको लागि ४९ करोड बजेट विनियोजन गरेको छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको विशेष पहलमा ३ वर्ष भित्रमा कार्यन्वयनय गर्ने गरि प्रदेशले उक्त बजेट विनियोजन गरिएको हो ।

चालु आर्थिक वर्षमा ४ करोड बजेट रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले तेमाल अनलाईनलाई जानकारी दिए । ‘पिन्थली रजवास चारकिल्ला तीनकुट्टे देवीटार घर्तीछाप गोकुले सडक आयोजनामा ४९ करोड ३८ लाख ९८ हजार हजार बजट परेको छ ।’ अध्यक्ष जिम्बाले भने, ‘आर्थिक वर्ष २०७७।७८ मा खर्च गर्नेगरि २५ करोड र आर्थिक वर्ष २०७८।७९ मा खर्च गर्ने गरि २० करोड ३८ लाख ९८ बजेट विनियोजन भएको छ ।’
अब पिच हुने प्रक्रियामा रहेको जिम्बाले बताए । ‘महाभारत गाउँपालिकालाई कसरी सुगम बनाउने भन्ने चिन्ताका साथ म लागेको थिएँ । यसमा माननीय सांसदहरुको साथ र सहयोग रह्यो ।’ उनले विगतलाई सम्झेर भने, ‘करिब ३ दिन हिंडेर सदरमुकाम आउन बाध्य थियौं । सडक सञ्जालले आज सजिलो बनाएको छ । अब पिच भएपछि एकदिनमै ओहोर दोहोर हुने पक्का भयो ।’ जनतालाई कसरी गाउँगाउँमा सिंहदरबारको अनुभूति गराउने भन्ने चिन्ताले आफूलाई सताएको समेत जिम्बाले बताए ।
सडक सञ्जाललाई व्यवस्थित बनाउने र विद्युतको केन्द्रिय प्रसारण लाईन पुगेपछि आफू जनताको आर्थिक समृद्धि तिर ध्यान केन्द्रित गर्ने उनले बताए ।
हालसम्म जनताले देखिने गरि अध्यक्ष जिम्बाले गरेका कामहरु यस्ताछन्ः
१) ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुविधा सुचारू
२)गाउपालिकाको लागी १६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराई कार्यालय भवन निर्माण सम्पन्न
३) पूनर्निर्माणको ८ सय ७५ निजीघर सम्पन्न
४) ३८ वटा विद्यालय पक्की भवन सम्पन्न र केही निर्माणाधीन
५) स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रको भवन ३ सम्पन्न र बाँकी निर्माण चरणमा
६) खुल्ला दिसा मुक्त र साक्षर गाउँपालिका घोषणा
७) ईलाका प्रहरी कार्यालय ४२ दरवन्दी सहित स्थापना
८) ४ वटा वडाकार्यालय भवन निर्माणधिन र ४ वटा वडा कार्यालय भवन प्रकृयामा
९) सवै वडाहरु कच्ची सडक संजालले जोडिएको र १ सय २५ किलोमिटर नयाँ कच्ची सडक निर्माण सम्पन्न
१०) २०७७ मंसिर भित्र गाउपालिका पूरै केन्द्रीय विधुतीकरण प्रशारणलाईनलाई जोडि उज्यालो तर्फ उन्मुख, अहिले गाउँपालिकाको वडा ३, ४ र ५ मा बत्तिबाल्ने कार्य युद्धस्तरमा हँुदै ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।