अशोक बुद्ध लामा
रोशी । काभ्रेको रोशी गाउँपलिकाको ४२ औं वैठक सम्पन्न भएको छ । बैठक आज (शुक्रबार) सम्पन्न भएको हो ।
बैठकले ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको ११ नंं. वडाका वडा अध्यक्ष मिलान लामाले जानकारी दिएका छन् । वडा अध्यक्ष लामाका अनुसार माछापालन, मौरी पालन र भकारो सुधारका योजनाहरु कार्यन्वयन गर्ने देखि वडा नं. ११ मा रहेको नयाँ किरण विद्युत सहकारीको दर्ता खारेज गर्नेसम्मको निर्णय गरेको छ । सहकारी मुल्य मान्यता र सिद्धान्त अनुसार उक्त सहकारी नचलेको भन्दै खारेज गरेको लामाले जानकारी दिए ।
यता सहकारीका सञ्चालक समितिका एक सदस्यले राजनीतिक पूर्वाग्रहीका कारण गाउँपालिकाले यस्तो अस्वभाविक कदम चालेको गुनासो गरेका छन् । उनका अनुसार सहकारी सम्बन्धी अधिकार स्थानीय तहलाई मात्र नभएको र प्रदेश र संघीय सरकारको समेत अधिकार क्षेत्र भित्र रहेकोले नीतिगत कुरा बुझेर दर्ता खारेजी तिर जानुपर्ने बताए । नाम नछाप्ने सर्तमा उनले भने, ‘जनतालाई घुमराहमा राख्ने र दुःख दिने काम गाउँपालिकाको यो कदमले गरेको छ । जुनसुकै सहकारी प्रति जनताको भरोसा टुटाउने काम भएको छ ।’ यस्तो निर्णय फिर्ता लिए सबैको हित हुुने उनको तर्क थियो ।
गाउँपालिकाले विद्यालयमा सेनिटरी प्याड वितरणलाई समेत व्यवस्थित बनाउने निर्णय गरेको छ ।
यस्तो छ बैठकका ७ निर्णयहरुः
१. माछापालनको लागि गाउँपालिका भरिमा २ वटा, मौरी पालनको लागि ९६ वना तथा भकारो सुधान कार्यक्रम सञ्चालनको लागि २५ जनाको लक्ष्य निर्धारण गरी सूचना प्रकाशन गर्ने र सोही बमोजिम कार्यान्वयन गर्ने निर्णय गरियो ।
२. सेनिटरी प्याड वितरण तथा व्यववस्थापन कर्याविधि २०७६ को दफल १४ को खण्ड ख र घ बमोजिम स्थानीय स्तरी सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिमा रहने सदस्यह देहाय अनुसार हुने निर्णय गरियो ।
१. कार्यपालिका का महिला सदस्यहरु मध्य एकजना सदस्य– इन्द्रमाया तामाङ ।
२. विद्यालयका सम्पर्क व्यक्तिहरु मध्येः लक्ष्मी नारायण माविको सम्पर्क व्यक्ति एक जना सदस्य र मंगजल जनविजय माविको सम्पर्क व्यक्ति एकजना सदस्य ।
३. रोशी गाउँपािलका वडा नं. ११ मा रहेको श्री नयाँ करिण विद्युत सहकारी संस्था लि. मार्फत आर्थिक लगातका अन्य गतिविधि कानुन सम्मत नभएकोले गाउँ कार्यपालिकाको ४१ औं बैठकबाट उपाध्यक्षको संयोकत्वमा छानविन समिति गठन भएकोमा छानविन समितिबाट आवश्यक छानविन गरि तयार पारेको प्रतिवेदन गाउँपालिका बैठकमा पेश भयो । नेपालको संविधानको धारा २२६ बमोजिम रोशी गाउँपाकिला गाउँसभाबाट स्वीकृत भएको सहकारी ऐनको दफा ६६ को उपदफा ३ ख, ग र घ बमोजिम उक्त संस्थाले यो एने वा यस ऐन अन्तर्गत बनेको नियमावली विपरीको कार्य बारम्बार गरेको, विनियममा उल्लेखित उद्देश्य विपरीत कार्य गरेको तथा सहकारी मुल्य, मान्यता र सिद्धान्त विपरित कार्य गरेको देखिएको भन्ने छानविन समितिको प्रतिवेदन बमोजिम रोशी गाउँपालिका वडा नं. ११ स्थित नयाँ किरण विद्युत सहकारी संस्थालाई विघटन तथा दर्ता खारेज गर्न तत् सहकारीका वर्तमान सञ्चालक र सबै सरोकारवाला निकायलाई जानकारी गराउने निर्णय गरियो ।
४. गत आव २०७५।०७६ विद्यालय अनुगमन कार्यक्रमको लागि शिक्षा शाखामा तत्कालिन समयमा कार्यरत कर्मचारी श्री जयबहादुर वाईबा मार्फत भएको अनुगमन कार्यक्रम सम्झौता अनुमोदन गर्ने निर्णय गरियो ।
५. वागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत प्राप्त द्वन्द्वपिडित परिवार लक्षित कार्यक्रमको सम्बन्धमा कार्यपालिका बैठकमा जानकारी गराइयो । सोही बमोजिम सबै वडा मार्फत द्वन्द्व पिडित परिवारको माग संकलन गरि गापा कार्यालयमा पेश गर्ने निर्णय गरियो ।
६. प्रधानमन्त्र िरोजगार कार्यक्रमको सम्बन्धमा बैठकमा जानकारी गराईयो । साथै बेरोजगार पहिचान भएका घरपरिवारको विवरण तत्काल इमिसमा प्रविष्टि गर्ने निर्णय गरियो ।
७. रोशी गाउँपालिका अन्तर्गत सञ्चालित देहाय अनुसारका विद्यालयले भोग चलन गर्दै आएको जग्गा सम्बन्धित निकायलाई देहाय अनुसारको विवराण् प्रमाणित गरिदिने निर्णय गरियो ।
१. श्री लक्ष्मी नारायण मावि रोशी–२ साविक शिखर आँम्बोटे वडा नं. ६ कित्ता नं. ०१ को १५ रोपनी जग्गा मिति २०७६।१०।२९ गतेदेखि उपभोग गर्दै आएको ।

Comments

comments