पाँचखाल । धार्मिक ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिर अगाडीको जग्गा मन्दिरको लागि खरिद गर्न पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले १ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मन्दिरकोे उत्तर पुर्वमा रहेको जग्गा खरिदको लागि सप्ताह गर्न लागेको जानकारी दिन गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख खरेलले उक्त आर्थिक सहयोग गरेका हुन् ।
पत्रकार सम्मेलनमा मंदिरको संरक्षक समेत रहेका नगर प्रमुख खरेलले पलाञ्चोक भगवती नेपालकैै सवै भन्दा महत्वपुर्ण शक्ति पिठ रहेकोले उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको नाउँमा रहेकोले खरिद गर्नुपर्ने बताए । व्यक्तिकै भएपनि हालसम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाको लागि सवारी पार्किङ्ग गर्दै आएको छ । जग्गा खरिदको लागि मात्रै झण्डै ३ करोड ५० लाख आवश्यक हुने भएकोले सप्ताहको आयोजना गर्न लागेको खरेलले जानकारी दिए ।
‘यहाँ जग्गाको न्युनतम मुल्य प्रति आना १४ लाख सम्ममा खरिद बिकृ भएको अवस्थामा जग्गाधनिहरुसँग अनुरोध गर्दा प्रति आना ३ लाखमा दिने सहमति भएको छ ।’ उनले भने, ‘मंन्दिरको नाउँमा हाल १७ रोपनि जग्गा भएपनि मंन्दिर हातामा ५ रोपनि मात्रै भएकोले ८१ आना जग्गा खरिद गर्न लागेका पलाञ्चोक भगवतिको नाउमा दान गर्नु सवै भन्दा उत्तम भएकोले सप्ताहमा दान गर्ने दानविरहरुको दानबाट जग्गा खरिद गरी थप व्यवस्थापन गर्नेछौं ।’
पत्रकार सम्मेलनमा सप्ताह मुल आयोजक समितिका संयोजक एवं पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले मंन्दिरको बिभिन्न कोषमा ४० लाख रकम रहेको र पाँचखाल नगरपालिकाले ३० लाख उपलब्ध गराउने तयारी गरेको जानकारी दिए । मंन्दिरमा सप्ताहको आयोजना गरी ५ करोड संकलन गर्ने लक्ष लिएको श्रेष्ठले बताए । विगत लामो समयदेखि जग्गा खरिदको लागि पहल गर्दा संम्भव नरहेको र हाल पाँचखाल नगरमा पटक पटक वार्तापछि जग्गावालाहरुले चलन चल्तिको मुल्य भन्दा अत्यन्त कम मुल्यमा जग्गा दिने सहमति भएपछि खरिदको लागि चन्दा भन्दा अन्य विकल्प नरहेकोले सप्ताहको आयोजना गरेको उनले बताए ।
सप्ताहको आयोजना गरी जग्गा किन्न र व्यवस्थापनको आँट गर्दै वैना बापत १० लाख रकम जग्गावालालाई दिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा सामाजिक अभियन्ताहरु रामशरण रेग्मी, गोरे बहादुर थापा, नेपाली काँगे्रस पाँचखाल नगर समिति सभापति गणेश अधिकारी लगायतका सहभागी थिए ।

Comments

comments