बनेपा । नेकपा निकट अखिल नेपाल निर्माण मजदुर संघ काभ्रे जिल्लाको पाँचौ जिल्ला भेला सम्पन्न भएको छ । भेला आज –शनिबार) बनेपा पार्टी कार्यालयमा सम्पन्न भएको हो ।
भेलाले अखिल नेपाल निर्माण मजदुर संघ काभ्रे जिल्लाको देवराज लामाखोरलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षहरुमा रुपक भुजेल र रिकामाया श्रेष्ठ, सचिवमा बिनोद नेपाली, सह–सचिवमा राजकुमार भुजेल, कोषाध्यक्षमा अमृत लामालाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा बिष्णु बहादुर पहरी, बिन्दास योन्जन, धावादोन्डुप लामा, सारदा गौतमलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष लामाखोरका अनुसार पाँच सदस्य भने संघको पहिलो बैठकले मनोनित गर्ने जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अखिल नेपाल मजदुर संघका केन्द्रिय अध्यक्ष अमित लोप्चान, बिशेष अतिथीमा नेकपा वाग्मती प्रदेशका सदस्य छिन्ताङ, अतिथिहरुमा अखिल नेपाल ट्रेड यूनियन महासंघ काभ्रेका इन्चार्ज होम बहादुर खुलाल, अखिल नेपाल निर्माण मजदुर संघ वाग्मती प्रदेश इन्चार्ज कमल न्यौपाने, केन्द्रिय सचिवालय सदस्य रामकिसुन महतो केन्द्रिय सदस्यहरु रिता उप्रेती, प्यारी कुमारी राई, स्मृति श्रेष्ठ, नेकपा जिल्ला नेताहरु कल्पना मोक्तान, राज तामाङ, राजन अधिकारी, युवा नेता जगत तामाङ (पुष्प) रहेका थिए ।

कार्यक्रमको सञ्चालन देवराज लामाखोरले गरेका थिए भने अध्यक्षता दिल बहादुर भुजेलले गरेका थिए ।
Comments