धुलिखेल । रोशी गाउँपालिका वडा नम्वर ९, मंगलटारकी रंगीता तामाङको हत्या भएको आरोप लगाएको छ । रोशी गाउँपालिका वडा नम्वर ५ निवासी २२ बर्षिय तिर्थमान लामाले आफ्नी दिदीको हत्या गरिएको रंगीताकी बहिनी रीताा लामाले आरोप लगाएको हो ।
‘तिर्थले एक हप्ता अघिदेखि दिदीसँग १ लाख रुपैयाँ पैसा माग्दै आएका थिए । बाईक किन्न भनेर साउदीमा भएको आमासँग जसरी पनि मागेर लेउ भन्दै थिए ।’ रीताले तेमाल अनलाईनसँग भनिन्, ‘आमाले त्यत्रो पैसा अहिले नभएको र पछि दिउँला भन्नु भयो, दिदीले कहाँबाट ल्याउने पैसा ? त्यही निउमा अचेल निक्कै झगडा हुन्थ्यो । १ लाख उसलाई नदिँदा मेरी दिदीलाई मारे ।’
यस अघि आफू र भाइलाई समेत धेरै पटक पिट्दै आएको रीताले सुनाईन् । ‘मलाई पनि धेरै पटक कुटे, भाइलाई पनि कुट्थे ।’ रीताले भनिन्, ‘तँ खातीनीलाई त मैले चाह्यो भने केटाहरु लगाएर मार्न सक्छु भनेर मलाई धम्क्याउँथे जहिले ।’
रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटारकी रंगीता बनेपा–११ सिनागालमा डेरामा बस्दै आएकी थिइन् । उनी केही समयदेखि बनेपा स्थित ईंट्टा भटटामा थाङ्का लेख्ने काम गर्दै आएकी थिइन् ।
बनेपामा बहिनी रीता लामा, भाई, र रोशी गाउँपालिका वडा नम्वर ५ निवासी २२ बर्षिय तिर्थमान लामासँगै बस्थे ।
रीताले यसरी सुनाईन घट्नाक्रमः
म करिब डेढ वर्ष भयो दिदीसँगै बनेपामा बसेको । ८ वर्ष अघि बुबा (दमैसिं लामा) म सानै हुँदाखेरि नै वित्नुभयो । हाम्रो पालन पोषणको लागि निक्कै समस्या भएपछि आमा (चिनी माया तामाङ) विदेश जनुभयो ।
दिदी रंगीता पहिला मामासँग थाङ्का लेख्ने काम गर्थिन् । भाइ चैतन्य स्कुलमा पढथे । भाइ एक्लै भएकोले आमाले दिदीलाई भाइसँग बस्न पठाउनुभयो । तिर्थमान पनि बनेपा मै बस्दो रहेछ । तिर्थ ज्यामी काम गर्दो रहेछ । त्यसपछि बनेपामा दिदीको तिर्थसँग भेटभएछ । अनि २ वर्ष भयो सँगै बसेको ।
फागुण १ गते विहिबारको दिन । मेरो काम खाना पकाउने थियो । मैले खाना पकाएँ । दिदी र तिर्थमानलाई पर्खेर बसें । तिर्थमान बेलुका करिब ७ः३० बजे तिर रुममा आईपुगे । त्यसपछि करिब ८ बजेतिर दिदी आईपुगेकी थिइन् । दिदीलाई मैले खाना खान अनुरोध गरें । ‘मैले खाजा खाएर आएको, खाना खान्न तिमीहरु खाऊ ।’ भनेपछि हामी तीन जना (भाइ, म र तिर्थमान)ले करिब ८ः३० बजे तिर खाना खायौं ।
तिर्थ र दिदी जहिल्ये पनि बाझ्थ्यो । खाना खाँदा–खाँदै दिदीसँग बाझ्न शुरु भयो । तिर्थले दिदीलाई ‘तँ खातीनीलाई म मारेरै छाड्छु ।’ भन्दै थिए । सधैं त्यस्तै भन्थे । सधैं यस्तै भनेपछि मैले वास्तै गरिन ।
खाना खाइसकेपछि भाई र म सुत्न गयौं । १०–१५ मिनेटपछि तिर्थको दिदी भेना आसमान तामाङले मलाई फोन गरे । ‘बहिनी, तिम्रो दिदी यहाँ सिकिस्त विरामी भयो, छिटो आउ ।’ आसमानले फोनमा भने । खास गरि दिदीलाई केही समस्या हुँदा त हामीलाई पर्ने होनि । एउटै घरमा बसका हामीलाई केही थाहै दिएन । तर उनकै दिदीलाई फोन गर्नुको कारण के हो ?
आसमानको फोन आएपछि म हतार–हतार दिदी भएको ठाउँमा पुगें । मरुममा पुग्दा दिदी पलाङमा ढलेर बसेको रहेछ । म आत्तिएँ, चित्याएँ । दिदीलाई उठाएँ । दिदीलाई मैले बोलाएँ, अहँ दिदी बोलिनन् । दिदीको शरीर पुरै चिसो भइसकेको रहेछ । मरेको नमरेको मैले थाहा पाउन सकिन ।
१०–१५ मिनेट पछि तिर्थको भेनाले गाडी बोलायो । कसैको पनि गाडी नआएपछि गाउँकै एकजनाको निशान गाडी बोलाएछ । अनि अस्पताल पु¥याईयो । इमर्जेन्सीमा पुग्यो ।
अस्पतालमा प्रहरी र तिर्थहरु कुरा गरिरहेको रहेछन् । अनि प्रहरीले मलाई ‘लास पोष्ट मार्टमको लागि लानुपर्ने’ भनेपछि मैले सम्हाल्नै सकिन ।
मैले तिर्थका परिवारले कुरा गरिरहेको सुनेकी थिएँ । ‘मरेको चाहिं हामीले कोठामै थाहा पाएका हौं, तर बाँच्छ कि भनेर अस्पतालमा ल्यायौं ।’ उनीहरु भन्दै थिए, ‘यो नानी र बाबुले नै झुण्डेर मरेको हो भन्यो भने, हाम्रो सानु (तिर्थ) बाच्छ ।’
तिर्थ हाम्रै पैसाले खाने, लाउने गर्थे । हाम्रो मासु पसल थियो । घाटा भएकोले छोडेको । उसैले गर्दा घाटा भएको हो । त्यति मात्र होइन दिदीको आधा तोला सुन पनि लगेको, आजसम्म फिर्ता गरेनन् । आमाले विदेशबाट पठाएको पैसा पनि उसैको हातमा हुन्थ्यो । हामीले देख्न पाउँदैन थ्यो ।
दिदीसँग तिर्थले बाईक किन्न पैसा मागेको रहेछ । हामीले घट्ना घट्नु एक हप्ता अघि मात्र यो कुरा थाहा पयौं । दिदीले ‘मसँग पैसा छैन, कसरी दिउँ’ भनेपछि आमासँग तुरुन्त माग्न भनेका थिए तिर्थले ।
आमाले ‘अहिले मसँग पैसा छैन’ भनेपछि मेरो दिदीलाई मार्नेसम्मको हर्कत तिर्थले गरे ।
आमाले त साँगै नबस भनेर कति भने तर त्यो केटाले मान्दै मानेन । नमानेपछि आमाले ‘म आएर विहे गर्दिन्छु ।’ भन्नुभयो । अनि सँगै बसेको । कोठामा बस्दा पनि हाम्रो लागि जेल बसेको जस्तै थियो । मार्ने धम्की मात्र दिन्थे । दिदी एकछिन कोठामा आउन ढिलो भयो भने निक्कै झम्टीन्थ्यो ।
झुण्डिने ठाउँ नै छैन कोठामा । कसरी कुन आधारमा हल्ला गरियो ‘झुण्डेर आत्महत्या ग¥यो’ भनेर । डोरी त मैले नि देख्नुपर्ने नि । मैले त्यो घट्नास्थलमा काटेको वा कुनै प्रकारको डोरी देखिन ।
‘कोठामा चुकुल लगाएर झुण्डेको’ भनिएको रहेछ तिर्थले । अनि तिर्थले ‘मैले ढोका फोरेर भित्र गएर डोरी काटेको’ भनेको रहेछ । ढोका फोरिएकै हो भने मैले देख्थ्यो नि । डोरी पनि त मैले देख्थे होला नि ।
मेरो दिदीको हत्यारा तिर्थ नै हो । हामीलाई कम्जोर ठानेर त्यस्तो अपराधीक काम गरेको हो । हामी एक
प्रकारले टुहुरो नै हौं । बुबा वित्नु भयो, आमा विदेशमा हुनुहुन्छ । उसलाई कानूनी कार्वाही हुनै पर्छ । कुनै बहानामा छुट्नु हुन्न ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















