तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८, योगरमा रहेको श्री सनमान आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । भेला विहिबार विद्यालयको प्रांगनमा सम्पन्न भएको हो ।

भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा दावा लामालाई निर्वाचत गरेको छ । सदस्यहरुमा साईली तामाङ, शुकरानी तामाङ, ज्ञानीमाया तामाङ, साईला तामाङ, सुविन्द्र तामाङ, वडा प्रतिनिधी जनक ब. रायामाझी, शिक्षक प्रतिनिधी गणेश बडाल र सदस्य सविचमा प्रधानाध्यापक ईन्द्र कु. तामाङ रहेका छन् ।
भेलामा वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, वडा सदस्य जनकबहादुर रायमाझी लगायतका सहभागीता रहेका थिए ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला