काभ्रे । ७६ बर्षको उमेरका बृद्ध मानिसहरू के गरिरहेको हुन्छ होला ? सोचौ त । पक्कै पनि हामी अनुमान लगाउँछौँ घरमा खाने बस्ने, नाती नातीना खेलाउने धर्म र्कममा लाग्ने । यही सोच्छौँ हामी ।
मानिसहरूले बृद्धबृद्धाहरूलाई ‘कुनामा बसेर दुनामा खाने उमेर’ भनेर भन्ने गर्दछ । तर काभ्रे जिल्लाको बनेपा नगरपालिका–३ टनचोकका ७६ बर्षीय रामबहादुर स्याङ्तानले त्यस भनाईलाई गलत सावित गरेको छ । उनी ७६ बर्षको उमेरमा बनेपा नगरपालिका वडा नं ३ चण्डेश्वरीमा रहेको सुकृष्ण कृषि एग्रोफाममा का मगर्दै आएका छन् । उनी त्यहाँ जागिर खान आएको बताउँछन् । ‘परिवार पाल्नका लागि म यहाँ जागीर खान आएको हुँ ।’ स्याङतान बताउँछन् । स्याङतान त्यहाँ गाई भँसीको भकारो सोहर्ने, दाना, पानी दिने, दूध दुहने काम गर्छन् ।
स्याङतान गोठमा काम गर्ने क्रममा ।
दुई छोरा र एक छोरीका बाउ स्याङ्तानले महिनाको १६ हजार तलव पाईने बताउँछन् । २००१ सालमा जन्मीएका उनको छोराहरू विहे गरेर आ–आफ्नो गरेर खान्छन् भने बुढाबुढी र छोरी तीन जना एकठाउँमा बस्छन् । उनले त्यहाँ खाना खाएर १६ हजार पाउने गरेको बताए । उनी यस भन्दा अगाडी विभिन्न कुखुरा फार्ममा काम गरेका थिए । कुखुरा फार्ममा काम गर्दा खाना साहुकै खाएर १० हजार पाउने गरेकोमा अहिले खाना साहुकै खाएर १६ हजार पाउँदा खुसी छन् ।
‘म खुसी छु, साहुकै खाएर १६ हजार पाउँछु, खर्च रामै चल्छ, ।’ उनले भने, ‘पहिला कुखुरा फार्ममा काम गर्दा १० हजार मात्र पाउँथ्यो महिनाको, अहिले १६ हजार पाउँछु महिनाको ।’
२०७६ असारदेखि सञ्चालन भएको उक्त फार्ममा उनी सुरुदेखि नै काम गर्दै आएका छन् । उनले उक्त फार्ममा काम गरेको ७ महिना भएको छ ।
उनले उक्त फार्ममा १० वटा दुहुना गाई र १० वटा दुहुना भैसीको दुध दुहुनु पर्ने बताउँछ । उक्त फार्ममा सानो ठुलो गरी २० वटा भैसी र ११ वटा गाई रहेको छ । उनले ती गाई र भैँसीको भकारो सोहर्ने, दाना पानी कुडो दिने, बाहिर भित्र सार्ने काम गर्नुपर्ने बताउँछन् । प्रविधि मैत्री भएकाले काम गर्न सजिलै रहेको उनले बताए ।
महिनाको एक दुईपटक बाहेक उनी त्यही फार्ममा बस्ने गरेको बताए । उनले छोरी र श्रीमतीलाई खर्च दिएर बाँकी रहेको मासिक ६ हजार जती सहकारीमा जम्मा गर्ने गरेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।