तेमाल । काभ्रे जिल्लाको तेमाल गाँउपालिका वडा नं. ६ चापाखोरीमा एक दिने निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । आँखा शिविर भोलि (फागुण ७ गते मंगलबार) हुने भएको हो ।
वडा नं. ७ का वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानका अनुसार संरक्षण तथा विकास संस्था (C.D.O. Nepal) को आयोजना र नं ७ को समन्वयमा हुनेभएको छ ।
‘शिविरमा निःशुल्क आँखा जाँच, निःशुल्क औषधि वितरण, ४० वर्ष भन्दा माथिका व्यक्तिलाई नजिक रहेको अक्षर पढ्न सक्ने (Reading Glass) चस्मा वितरण गरिने छ ।’ वडा अध्यक्ष मोक्ताने तेमाल अनलाईनसँग भने, ‘साथै मोतिया बिन्दुको निःशुल्क सल्यक्रिया रेयुकाई आँखा अस्पताल बनेपामा गरिने छ ।’
बिहान १० बजेबाट सुरु हुने शिविरमा दिँउसो २ बजे सम्म नाम दर्ता गराउन सकिने मोक्तानले जानकारी दिए ।
थप जानकारीका लागी प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङलाई मोबाईल नंं ९८४१४७२७२६ सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।