काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट रिहा भएका छन्।
सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।
डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन्।
उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवासतर्फ लगेको हो। उनी ढाका टोपी र कोटमा सजिएर जेलबाट निस्किएका हुन्। घर जस्तै जेल महराले कारागारबाट छुट्नुअघि छोटो सम्बोधन पनि गरेका छन्। उनले सम्बोधनका क्रममा आफुले यहाँ रहुन्जेल पारिवारिक वातावरण पाएको बताएका थिए।
’म यहाँ कारागार १०३ दिन बसेँ। एकदमै राम्रो वातावरण पाएँ’, उनले भने, ’कैदीहरुसँग पनि पारिवारिक सम्बन्ध भयो। बाहिर गएर पनि कैदीहरुलाई पनि सकेको सहयोग गर्छु। सबैलाई धन्यवाद!’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















