तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा एक दिने निःशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता ज्ञानबहादुर मोक्तानको पहलमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा २ सय ३१ जनाले निःशुल्क आँखा जचाएको वडा अध्यक्ष मोक्तानले जानकारी दिए । उनका अनुसार २१ जना मोतिविन्दु रोगी भेटेको छ । मोतिविन्दुर अपरेशन गर्न जाने विरामीलाई गाडीभाडा, खाने वस्ने व्यवस्था सहित निःशुल्क अपरेशन गरिने मोक्तानले बताए ।
विरामीहरुको अपरेशन रेयूकाई आँखा अस्पताल बनेपामा गरिने भएको छ । त्यसैगरि शिविरमा ८५ जनालाई नजिक र दूर दृष्टिको चस्मा वितरण गरेका थिए ।
गाउँमै आँखा जाँच गर्न पाएपछि स्थानीय खुशी भएकाछन् । ‘निःशुल्क उपचार सहितको यो शिविरबाट हामी धेरै खुशी छौं ।’ आँखा जाँच गर्न आएकी एक बृद्धाले भनिन्, ‘वडा अध्यक्ष ज्यूलाई धन्यवाद ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।