तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५, पोखरी नारायणस्थानको कुलकुटे जंगलमा भेटिएको मानव कंकाल स्थानीय हिरालाल तामाङको भएको पुष्टि भएको छ ।

सोही वडा निवासी ५८ वर्षिय हिरालाल एक वर्ष अघि हराएको थियो । २०७५ साल चैत्र १२ गतेदेखि हराएका हिरालालको कंकाल फेला परेको उनका भान्जा अजय लामाले तेमाल अनलाईनलाई जानकारी दिएका छन् । ‘मामाको कपडाको आधारमा यो कंकाल उहाँको नै हो भन्ने प्रमाणित भयो ।’ लामाले भने, ‘मामालाई एक वर्षपछि यो अवस्थामा फेला पर्‍यो । निक्कै दुःख लागेको छ ।’

पोखरीनारायणस्थानको कुलकुटे जंगलमा उक्त कंकाल फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरिएको लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्दप्रसाद अधिकारी नेतृत्वको टोली घटनास्थलमा पुगेका थिए । प्रहरी निरिक्षक अधिकारीले मानव कंकाल भेटिएको स्थानमा पुगी आवश्यक मुचुल्का उठाएर कंकाल संकलन गरि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा लगेको स्थानीय लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।