अशोकबुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ का वडा सदस्य विनोद कुमार सिंजाली मगरको निधन भएको छ । आज (शुक्रबार) विहान हृदयघातका कारण वडा सदस्य मगरको निधन भएको जनाएको छ ।
हृदयघात हुनेवित्तिकै मगरलाई धुलिखेल अस्तपतालमा उपचारको लागि ल्याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रोशीका नेता फुर्साङ मोक्तानले जानकारी दिए । नेकपाको सक्रिय सदस्य समेत रहेका ६६ वर्षीय मगरको धुलिखेल अस्पतालमा निधन भएको मोक्तानले बताए ।
उनी स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा सदस्य पदको उम्मेदवार थिए । उनले निर्वाचनमा अत्याधि मतले विजय समेत गरेका थिए । उनी सो भेगको चर्चित कम्युनिष्ट नेता समेत रहेका थिए । उनको निधनले पार्टीलाई अतुलनीय क्षति भएको नेता मोक्तानले बताए । मगरको शवलाई पशुपति आर्यघाटमा दहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















