काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ८, पौवामा ट्याक्टर दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । कात्तीकेदेउरालीबाट दोलालघाट तर्फ आउदै गरेको ज. १ त. ५९४८ नम्बरको ट्याक्टर दुर्घट्ना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ढुंगा लोड रहेको उक्त ट्याक्टर आफै अनियन्त्रीत भई सडक बाट अन्दाजी ं.१५ मिटर तल खसी दुर्घटना हुँदा उक्त ट्याक्टरमा सवार २ जना घाइते भएका थिए । घाइते दुवै जनलाई उपचारको लागि दुलिखेल अस्पताल पठाइएकोमा बाँके पितमारी घर भएको बर्ष ६५ को रबीलाल शर्माको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उदीहरु दुवैजना मध्यपहाडी लोकमार्ग स्थित सडकमा काम गर्ने कामदारहरु हुन् ।
घट्नापछि ट्याकटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
Comments